गण्डकीमा ६ वर्षीया बालिका सहित २० जनामा कोरोना संक्रमण, जम्मा संख्या ५४०

पोखरा – स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । आज भेटिएको केसमध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् । गाउँपालिकाका ८ संक्रमितमध्ये २ जना महिला हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।

नवलपुरमा बौदीगाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेका छन् । यो सँगै गण्डकीमा कुल संक्रमित संख्या ५४० पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्