नवलपुरमा थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं – पूर्वी नवलपरासी (नवलपुर)मा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ । यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्