राष्ट्रबादि नेता प्रेमसिँह धामीको शालिक स्थापना गर्न नेकपा दार्चुलाको माग

गणेश सिंह धामी
दार्चुला – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाले राष्ट्रबादि नेता प्रेम सिह धामीको शालिक स्थापना गर्न प्रदेश सरकार संग माग गरेको छ ।
आइतबार नेकपा दार्चुलाका जिल्ला अध्यक्ष गणेश सिह खत्रीको अध्यक्षतामा बसेको बैठकले नेता धामीको शालिक कैलालीको अत्तरियामा चोकमा स्थापना गरि उनकोे योगदानको सम्मान गर्नका लागि गरेको पार्टीको निर्णय कार्यान्वयन गर्न प्रदेश सरकार संग अुनरोध गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले आफ्नो बजेट बक्तब्यमा कैलालीको अत्तरीया चोकमा जयपृथ्वी बहादुर सिहँ, दशरथ चन्द, भिमदत्त पन्त र पहलमान सिह स्वारको शालिक स्थापना गर्ने निर्णय गरेको छ । तर कालापानीको मुद्दा उठाउने राष्ट्रबादी नेता प्रेम सिह धामीको नाम समवेश नभएकाले धामीको पनि शालिक स्थापना गर्नुपर्ने नेकपा दार्चुलाको माग छ ।

कालापानीको मुद्दालाई सडक देखि सदन सम्म उठाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने राष्ट्रबादी नेता धामीको शालिक पनि सोही ठाउँमा स्थापना गरि दार्चुलेली जनताको भावना सम्बोधन गर्न नेकपा दार्चुलाले प्रदेश सरकार संग अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्