भ्रष्टचार भएको पुष्टि भएमा आत्मदाह गर्न तयार : नगर प्रमुख बडुवाल

देबराज पाध्याय
बाजुरा – बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले नगरपालिकामा राहत बितरण गर्दा जनतालाई ७ किलो चामल दिएर ३० किलो को भुक्तानी लिएर भ्रष्टचार गरेको भएमा आत्म दहन गर्न तयार रहेको बताएका छन् ।
कोरना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण का लागी सरकारले गत चैत्र महिनामा गरेको बन्दाबन्दीका कारण नगरपालिका भित्रका अति समस्यामा परेका ब्यक्तिहरुलाई राहत बितरण गर्दा भ्रष्टचारगरेको भन्ने सत्यसाबित भएमा नगरपालिका प्रमुख उपप्रमुख र ९ वटै वडाका वडा अध्यक्षले सामुहिक आत्म दहनगर्न तयार रहको नगर प्रमुख, उप प्रमुख लगाएत ९ वटै वडाअध्यक्षले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ति मार्फत पत्रकार सम्मेलन मा जानकारी गराएको छ ।

बडिमालिका नगरपालिकाले राहत बितरणमा जनतालाई ७ किलो चामल दिएर ३० किलोको भुत्तानी गरी भ्रष्टचार गरेको भन्ने आरोपलाई प्रस्ट पार्नका लागि नगरपालिकाले शनिबार बिज्ञप्ति सहित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । बिपन्न परिवारको राहत कागजमा ३० किलो बनाइ ७ किलो मात्र दिईयो भन्ने शिर्षकको समाचार प्रति नगरपालिकाको गम्भिर ध्यानकर्षण भएको जारीे प्रेस बिज्ञप्तिमा भनिएको छ ।

बिश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोनाभाईरस को संक्रमणफैलिन नदिन नेपाल सरकारद्घारा जारी गरीएको बन्दाबन्दीमा प्रभावित असंगठीत क्षेत्रमा कार्यरत श्रमिक तथा अतिबिपन्न नागरीक हरुका लागी राहत बिबतरण गर्न नेपाल सरकार अर्थमन्त्रालय द्घारा स्वीकृत मापदण्ड अनुसार २०७६ चैत्र २२ गतेका दिन नगरप्रमुख उपप्रमुख ९ वटै वडाका वडाअध्यक्ष वडा सचिब र सरोकारवालाको उपस्थितिमा राहत बितरण मापदण्ड पारीत गरी स्वीकृत मापदण्ड अनुसार वडामा लागत संकलन गरी जम्मा ३३९४ घरधुरीको २५ प्रतिशत अतिगरीब तथा बिपन्न घरधुरीलाई ३१७ क्विन्टल १०किलो चामल, २०८१ किलो दाल, २८४५ किलो नुन, ३१७३ पोका तेल, ४३६८ गोटा साबुन, ५०३०गोटा माक्स र ३४६ किलो चिनीगरी जम्मा ६७ लाख ८७ हजार ७१४ रुपैयाँ बरावरको पहिलोचरणमा राहात बितरण गर्ने निणर्य गरिएको नगरपालिकाले बिज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै चामल नेपाल खाद्यन्न बाट र नुन साल्टेडङ्ग कर्पोरेसन बाट किनेको समेत जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्