भारतमा एकैदिन १६ हजार जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ लाख भन्दा धेरै

काठमाडौँ – भारतमा एकै दिन १६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमतिको संख्या ४ लाख ११ हजार भन्दा बढी छ । पछिल्लो २४ घण्टामा ३०७ जनाको मृत्यु भएको छ । जम्मा मृतकको संख्या १३ हजार २७७ पुगेको छ । भारतमा उपचारपछि २ लाख २८ हजार भन्दा धेरै निको भएका छन् । भारत कोरोना भाइरसबाट एशियाकै प्रभावित मुलुक हो भने विश्वका प्रभावित मुलुकको सूचीमा चौथो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्