सैन्य फौजलाई परिचालन गरेर आफ्नो सीमाको रक्षा गर्न प्रतिबद्ध : मोदी

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आवश्यक परेमा सैन्य फौजलाई परिचालन गरेर आफ्नो सीमाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

गत सोमबार विवादित सीमाक्षेत्रमा चिनियाँ सैन्यफौजसँग भएको हिंसात्मक भीडन्तका क्रममा आफ्ना २० जना सैनिकहरू मारिएपछि भारतको यस्तो प्रतिक्रिया आएको हो ।

भारतीय सीमाभित्र कोही पनि विदेशी सैनिकहरू नभएको र कत्ति पनि भूमि पनि नगुमेको प्रधानमन्त्री मोदीले बताए । हिमाली लद्दाक क्षेत्रको गलवान उपत्यकामा भएको सैन्य झडपका क्रममा दुवै पक्षतर्फ क्षति भएको भारतीय सरकारले बताएको छ ।

उक्त भीडन्तमा २० भारतीय सैनिक मारिएका थिए भने कम्तीमा ७६ जना भारतीय सैनिकहरू घाइते पनि भएका थिए तर चीनले भने आफूतर्फ भएको हताहती बारे हालसम्म केही सार्वजनिक गरेको छैन ।

भारत र चीन दुवैले एकअर्कालाई दोष लगाउँदै आएका छन् र दुवै देशले आफ्नो भूमिभित्र सैन्य घुसपैठ भएपछि सो घटना भएको दाबी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्