कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा चोरी तस्करी नियन्त्रण गर्न विशेष कार्यदल परिचालन

कञ्चनपुर – लकडाउनको मौकाछोपी वन पैदावरा तथा वन्यजन्तु चोरी तस्करी नियन्त्रण गर्न कञ्चनपुरको बैजनाथ सामुदायिक वनले वन र वन्यजन्तु संरक्षणका लागि विशेष कार्यदल परिचालन गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–८ को बैजनाथ सामुदायिक वनले वनमा हुनसक्ने चोरी तस्करी नियन्त्रणका लागि विशेष कार्यदल परिचालन गरेको हो । सरकारले सामुदायिक वनमा जेठ अन्तिम सातादेखि काठ दाउरा संकलनमा प्रतिबन्ध लगाएपछि वनमा हुनसक्ने सम्भावित चोरी तस्करी रोकथामका लागि विशेष कार्यदल खटिएको जनाएको छ ।

सामुदायिक वनका अध्यक्ष बहादुर महराले पर्यावरण, वन र वन्यजन्तु संरक्षणका लागि विशेष सुरक्षा तालिमबाट वन अपराध नियन्त्रण विशेष कार्यदल परिचालन गरिएको बताए । उनका अनुसार उक्त टोलीले वनमा सुक्ष्म गस्ती गर्दै चोरी तस्करीलाई शुन्यमा झार्नेछ । लकडाउनकै बीचमा उक्त सामुदायिक वनबाट काठ चोरी तस्करी गर्ने समुहमाथि वनले एक्सन लिदै नियन्त्रणमा लिएर कार्वाहीका लागि वनमा बुझाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्