अपिहिमाल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, जलविद्युत र स्वरोजगारमा जोड

गणेशसिंह धामी
दार्चुला – अपिहिमाल गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सम्बृद्ध अपिहिमाल निर्माणको अभियानलाई मूर्त रुप दिने गरी शिक्षा, स्वास्थ्य, कृषि, यातायात, जलविद्युत, खानेपानी, पर्यटन लगायत क्षेत्रको विकासलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष डिएन घाजिरेलले जानकारी दिए । गाउँपालिकाले कृषि, जलविद्युत, स्वरोजगार र पुर्वाधार विकासमा जोड दिएको छ ।

गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमा गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्