कर्णालीमा कोरोना संक्रमितको संख्या १२४५ पुयो, आज मात्रै ४६ जना थपिए

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

यससँगै कर्णालीमा संक्रमितको संख्या १२४५ पुगेको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्