भाजपाका कार्यकर्ताहरुले चिनियाँ प्रधानमन्त्री भन्दै किम जोंग को पुत्ला जलाए पछि ….. (भिडियो सहित)

काठमाडौँ – भारत–चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोलमा हिंस्रक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाए । जसका कारण भारतीय जनता चीनप्रति निकै आक्रोसित छन् । चीनविरुद्ध भारतमा प्रदर्शन पनि भइरहेको छ । बंगालको आसनसोलमा यस्तै एक विरोध प्रदर्शनको क्रममा भाजपा कार्यकर्ताले निकै रोचक गल्ती गरेका छन् ।

वास्तवमा, भाजपा कार्यकर्ताले चीनको विरोध गर्नका लागि पुत्ला दहन गरे चिनियाँ राष्ट्रपति शी जिनपिङको होइन उत्तर कोरियाली नेता किम जोंगको । यो भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ । यसमा भाजपा नेताको मज्जाले ट्रोल पनि भइरहेको छ ।

भिडियोमा बंगाल भाजपाका कार्यकर्ता पुत्ला लिएर उभिएका छन् भने एकजनाले क्यामरातर्फ हेर्दै भनेका छन्, ‘हामी चीनको विरोध गरिरहेका छौं । चीनका प्रधानमन्त्री किम जोंगको पुत्ला जलाउँदैछौं । हामी मानिसहरुलाई चिनियाँ उत्पादनको प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्नुहोस् ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्