तनहुँको एउटै स्थानीय तहका १७ जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिए

पोखरा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ निर्देशनालयले पुष्टि गरेको छ ।

तनहुँको घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोनाना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । आजमात्र गण्डकीमा थप ५६ जनाको कोरोनना संक्रमण पुष्टि भएको छ । आज बिहानमात्र गण्डकीमा ४ जिल्लामा २४ जना संक्रमित भेटिएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्