टोकियो ओलम्पिक गर्न जापान प्रतिवद्ध : प्रधानमन्त्री आवे

काठमाडौं – जापानका प्रधानमन्त्री सिञ्जो आवेले अर्को वर्ष गर्ने गरी तय भएको टोकियो ओलम्पिक हरहालतमा आयोजना हुने प्रतिवद्धता दोहोर्याएका छन् ।

ओलम्पिकको आयोजना र कोभिड–१९ को प्रभाव विषयमा बोल्दै प्रधानमन्त्री आवेले टोकियो ओलम्पिकलाई सुरक्षित प्रतियोगिता बनाउन जापान सरकार प्रतिवद्ध रहेको पनि बताएका छन् ।

कोभिड महामारी पछि अब पुनर्संरचना सहित जापानको नव निर्माण गरी अघी बढ्ने बेला आएको पनि उनले बताए । यसबर्ष जापानको टोकियोमा आयोजना हुने तय भएको ओलम्पिक प्रतियोगिता कोभिड महामारीका कारण एक बर्ष स्थगित गरिएको छ । तर अझैपनि प्रतियोगिताका सबै खेलहरु सुरक्षित रुपमा नै सम्पन्न हुनेमा द्विविधा व्यक्त भइरहेका छन् ।

जापानले सुरक्षित प्रतियोगिताका लागि १२.६ अर्ब अमेरिकी डलर भन्दा बढी रकम खर्चगर्ने बताइएको भएपनि वास्तविक खर्च भने त्यसको दोब्बर हुने बताइएको छ । महामारीले निम्याएको संकटका समयमा त्यति धेरै रकम खर्च गरेर खेल प्रतियोगिता आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा पनि बहस शुरु भएपछि प्रधानमन्त्री आवेले ओलम्पिक हुने बताएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्