पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं – पर्वत अस्पतालको आकस्मिक वाहेकको सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. देवकोटाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्