विश्वमा कोरोना : संक्रमतिको संख्या ८६ लाख नजिक, ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या झण्डै ८६ लाख पुगेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ८५ लाख ७७ हजार भन्दा बढी छ । सबै भन्दा बढी अमेरिकामा साढे २२ लाख भन्दा बढी संक्रमित छन् । त्यस्तै ब्राजिल, रुस र भारतमा पनि कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । यस्तै यो भाइरसबाट अहिले सम्म विश्वभर ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु भएको छ भने ४५ लाख भन्दा धेरै निको भएका छन् । विश्वभर ३५ लाख ९० हजार भन्दा बढीले उपचार गराईरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्