पाँचपोखरीका १० जना सहित सिन्धुपाल्चोकमा १८ जना कोरोना संक्रमति थपिए

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्चीको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण देखिएको छ । बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकारि कृष्ण तिवारिले जानकारि दिए । उनीहरुमा टेकु प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

उनिहरुको रिपोर्ट बिहिबार राति आएको थियो । संक्रमितहरु पाँचपोखरी थाङपाल गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । उनिहरु भारत, भोजपुर र दोलखाबाट भिन्न भिन्न समयमा आएका थिए ।

योसँगै जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ । तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ । उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककै पहिलो थिइन् । एक जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्