१४८ यात्रु बोकेर यूएईबाट नेपाल एयरलाइन्स काठमाडौ उड्यो

काठमाडौँ – युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरु नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत आज नेपाल आउँदै छन् । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरु शुक्रबार नेपाल आउन लागेका हुन् ।

स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेका छन् ।

नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्