भारतमा एकैदिन १३ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३ लाख ६७ हजार भन्दा बढी

काठमाडौँ – भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार १०३ जना कोरोना संक्रमित थपिएका छन् । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार भन्दा बढी छ । भारतमा बुधबारको भन्दा बिहिबार मृत्यु हुनेको संख्यामा भने कमि आएको छ । बुधबार २ हजार भन्दा बढीको ज्यान गएको थियो । तर बिहिबार त्यो संख्या घटेर ३४१ मा झरेको छ । यससँगै भारमा मृत्यु हुनेको संख्या १२ हजार २६२ जनाको मृत्यु भएको छ । भने १ लाख ९४ हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्