नेपालमा मनसुनी वायुको प्रभाव, बाग्मती प्रदेशका केहि स्थानहरुमा भारी वर्षा हुने सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

बिहीबार महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश मा पूर्ण बदली र प्रदेश २, बागमती, र गण्डकी प्रदेशहरूमा सामान्य बदली भइरहेको र प्रदेश १ का केहि स्थानहरूमा बर्षा भईरहेको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ ।

यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्