चीनमा कोरोना संक्रमणको दोस्रो लहर, बेइजिङका अधिकांश विद्यालयहरु बन्द

काठमाडौं – चीनमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङका स्कुलहरु बन्द गरिएका छन् ।

बेइजिङका धेरैजसो जिल्लाका स्कुलहरु बन्द गरिएको छ । ठाउँ–ठाउँमा सुरक्षा चेक पोष्ट राखिएको छ ।

बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ । खेल र मनोरन्जन केन्द्र पनि बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयहरुमा प्रवेश गर्नेहरुको शरीरको तापक्रम जाँच्न थालिएको छ ।

ग्लोबल टाइम्सले लेखेको छ– यस्तो लाग्छ राजधानी अब चीनको अन्य क्षेत्रको लागि ‘नो गो जोन’ बनेको छ । किनभने धेरै क्षेत्रहरुले बेइजिङको यात्राका लागि सतर्कता बढाएका छन् र बेइजिङ आगमनमा पनि स्वास्थ्य जाँच कडा पारिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी भनिने सो होलसेल मार्केटको जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए । यो होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा राजधानी बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेपछि सावधानीका कडा उपाय उपनाउन थालिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्