बैतडीको शिवनाथमा भेटिएका २१ जना नयाँ संक्रमित रिपोर्ट नआउँदै घर गइसकेका थिए

बैतडी – शिवनाथ गाउँपालिकामा एकै दिन २१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेहरू १४ दिन क्वारेन्टाइन बसेर घर गइसकेका छन् ।

जेठ २२ गते पठाएको स्वाबको परीक्षण नतिजा असार १ गते पोजिटिभ आएपछि स्थानीय सरकारले घर गएका सङ्क्रमित खोज्न बैठक डाकेको छ ।

सङ्क्रमितहरू जेठ ९ गते भारतबाट घर फर्केका थिए । चौध दिन क्वारेन्टाइन बसेर आरडीटी पोजिटिभ आएपछि पीसीआर परीक्षणका लागि थ्रोट स्वाब सङ्लन गरेर जेठ २२ गते धनगढी पठाइएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीमा स्वाब परीक्षण गरिएका शिवनाथ गाउँपालिका –२, का २० वर्ष, ३५, २५, ३४, २२ र २१ वर्षका पुरुष र १० वर्षीया बालिका रहेका छन् ।

त्यसैगरी, शिवनाथकै वडा नम्बर –३, का २४, २१, २४, र १९ वर्षका पुरुष, वडा नम्बर –४, का २६, २१, ३०, २४ र २३ वर्षका पुरुष र वडा नम्बर ६ का, २६, १७, २१, २४ र १८ वर्षीय पुरुष गरी एउटै गाउँपालिकाका ४ वडाका २१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै बैतडीमा कोरोना पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य कार्यालय, बैतडीले जानकारी दिएको छ । पीसीआर परीक्षण गर्न पठाएका ४५९ जनाको अझै नतिजा आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्