नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोजिने : भारतीय रक्षामन्त्री सिंह

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताएका छन् ।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत–नेपालको बीचमा रोटी–बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताए । उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ ।’

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले बताए । गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्