रौतहटमा ९८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ८६९ पुग्यो

रौतहट – रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढदै गएको छ । दुईसाता यता विभिन्न कामले भारत गएका नेपालीहरू स्वदेश फिर्ता भएसँगै यस जिल्लामा सङ्क्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ । रौतहटमा सोमबार मात्रै ९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै यस जिल्लामा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६९ पुगेको छ ।
जिल्लाको इशनाथ, राजपुर, राजदेवी, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाका व्यक्तिहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिए ।
इशनाथ नगरपालिकाका ३३ जना, राजपुर नगरपालिकाका ८ जना, राजदेवी नगरपालिकाका ९ जना, फतुवा विजयपुर नगरपालिकाका १ जना र यमुनामाई गाउँपालिकाका ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोशालमा गरिएको परीक्षणमा उनिहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरू रहेका छन् ।
यसअघि आइतवार मात्रै ४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्