कृषि आधुनिकीकरणका लागि कृषी उपकरण अत्यावश्यक : नगर प्रमुख चन्द

कञ्चनपुर – वेदकोट नगरपालिकाका कृषकलाई कृषी उपकरण हस्तान्तरण गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ९ र १० को नव दुर्गा धान ब्लक सञ्चालक समितिलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषी उपकरण हस्तान्तरण गरिएको नगर प्रमुख अशोक कुमार चन्दले बताए । नगरपालिकामा कृषीलाई आधुनिकीकरण गर्नका लागि कृषी उपकरण हस्तान्तरण गरिएको प्रमुख चन्दले बताए ।

नगर प्रमुख चन्दका अनुसार सोमबार १ थान महेन्द्रा नोभा ट्याक्टर, रोटा भेटर ३ थान, धान थ्रेसर १ थान, पावर पिलर ३ थान, स्प्रे ट्यांकी ५० थान, सिचाई बोरिङ्ग १३ थान लगायत अन्य कृषि सामाग्री हस्तान्तरण गरिएको हो । स्थानीय किसानलाई कृषी सहकारीमार्फत ५० प्रतिशत अनुदानमा उपकरण दिइएको हो । ‘कृषीमा आधुनिकरणका लागि कृषी उपकरण अत्याआवश्यक हुन्छ, नगरपालिकाले पनि विभिन्न कृषी कार्यक्रम तय गरि कार्यान्वयको चरणमा छन् ।’ नगर प्रमुख चन्दले भने ।

त्यस्तै नगरपालिकाको पहलमा वेदकोटका अन्य दुई वटा ब्लकका किसानलाई पनि कृषी उपकरण वितरण गरि सकेको प्रमुख चन्दले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्