दार्चुलाको गोकुलेश्वरमा नेविसंघले गर्‍यो सरकार विरुद्ध प्रदर्शन, भौतिक दुरी भने कायम भएन

गणेशसिंह धामी
दार्चुला – नेपाली काँग्रेस सम्बद्ध भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले दार्चुलाको गोकुलेश्वरमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

पछिल्लो समय सरकाले कोरोना यिनन्त्रणमा गरेको खर्चमा अनियमिताको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै सोमबार सरकार विरुद्ध पदर्शन गरेको हो । प्रदर्शनमा प्रधानमन्त्री केपी शार्मा ओली विरुद्धका प्लेकार्डहरु प्रस्तुत गएिका थिए । केपी तेरो पाराले दुःख पायो साराले, यसपालीको हैजा केपी ओली लैजा जस्ता प्ले कार्डहरु प्रस्तुत गरेका थिए ।

पछिल्लो समय नेपाली काँग्रेस सरकार विरुद्ध विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिएको छ । तर कोरोना महामारीको बेला पनि प्रदर्शनकारीहरुले भौतिक दुरीको भने कुनै ख्याल नगरेको पाइएको छ । शैल्य शिखर नगरपालिकामै ८ जना कोरोना संक्रमित भए पनि प्रदर्शनकारीहरुले ठूलो भीड जम्मा गरि भौतिक दुरीको कति पनि ख्याल गरेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्