मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने ५ जना नियन्त्रणमा

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची खानेपानि आयोजना विरुद्ध आन्दोलन गर्ने ५ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरुले आयोजना विरुद्ध आज आन्दोलन गरेका थिए । उनीहरुलले आज बाट आन्दोलन सुरु गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सीएससी) ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरु लामो समयदेखि आन्दोलनमा छन् । कोरोना भाइरसको महामारीको बेला २५ जना भन्दा बढि भिड गरि लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीेले आन्दोलनकारी लाइ नियन्त्रणमा लिएको हो । प्रहरीले आयोजना पिडित उत्तर कुमार श्रेष्ठ, पुरुषेत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरि ३ जना सप्लार्यस र २ जना मजदुर गरि ५ जनालाइ नियन्त्रणमा लिएको हो ।

लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदापनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरुले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपुर्ण व्यवहारका कारण पीडितहरुले बाँकी रकम भुक्तानीको एक सुत्रिय माग गर्दै आन्दोलन पुनः सुचारु गरेका हुन् ।
स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्