कर्णाली प्रदेशको बजेट यस्तो छ (पूर्णपाठ सहित)

कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको कजेट ल्याएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको हो ।

कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख (९ प्रतिशत) रुपैंया बजेट विनियोजन गरेको हो ।

सोमबार बिहान ११ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटमध्ये आन्तरिक राजश्वबाट ३० करोड ६ लाख ५३ हजार रुपैंया, यो वर्ष खर्च नभइ बाँकी रहेको ११ अर्ब १९ करोड ९ लाख ८५ हजार रुपैंया, संघीय सरकारबाट प्राप्त हुने ७ अर्ब ३९ करोड ५६ लाख रुपैंया, वित्तीय समानीकरणबापत प्राप्त हुने ९ अर्ब ६३ करोड २९ लाख रुपैंया तथा सशर्त अनुदानतर्फ प्राप्त हुने ४ अर्ब ४९ करोड ११ लाख रुपैंयालाई प्रोतको रुपमा देखिाइएको छ । त्यस्तै, समपूरक अनुदानतर्फ २५ करोड २५ लाख र विशेष अनुदान ४६ करोड रुपैंया प्राप्त हुने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशले ल्याएको यो बजेट अघिल्लो वर्षको बजेटभन्दा केही सानो आकारको हो । अघिल्लो वर्ष अर्ब सो प्रदेशले ३५ करोडको बजेट ल्याएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्