गएराति पहिरो गएपछि पृथ्वी राजमार्ग अबरुद्ध

FILE PHOTO

धादिङ – पृथ्वी राजमार्गको बैरेनीदेखी बेनीघाटसम्मका विभिन्न स्थानमा आएको पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

गएराती परेको वर्षाका कारण पहिरो झरेपछि राजमार्ग बन्द भएको हो । राजमार्ग बन्द भएका कारण राजधानी भित्रने सयौं मालवाहक सवारी साधन गएरातिदेखि जाममा परेका छन् । पहिरो हटाउनका लागी प्रयास भईरहेको छ ।

विषेश गरी बैरेनी, फुर्के खोला सडक खण्डका ठाँउ ठाँउमा पहिरो खसेको छ । अत्यावाश्यक खाद्यान्नलगाएतका बस्तुहरु बोकेका मालवाहक सवारीहरु जाममा परेका छन् ।

पहिरो पन्छाउने कार्यका लागी प्रयास भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्