अक्सफोर्ड विश्वविद्यालयले तयार गरिहेको कोरोनाको भ्याक्सिन आपुर्तिको लागि ४ देशले गरे सम्झौता

एजेन्सी – चार युरोपियन मुलुकहरुले कोरोना भ्याक्सिनको उत्पादन र वितरणको जिम्मा लिएको अष्ट्राजेनेका कम्पनीसँग सम्झौता गरेका छन् । युरोपियन मुलुकहरु इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डसले सो कम्पनीसँग भ्याक्सिन आपूर्तिका लागि सम्झौता गरेका हुन् । इटलीका स्वास्थ्यमन्त्रीका अनुसार सोही सम्झौताअनुसार उक्त कम्पनीले युरोपका नागरिकहरुका लागि कोरोना भाइरसको भ्याक्सिन आपूर्ति गर्नेछ ।

यो सम्झौता बेलायतमा बन्ने सम्भावित भ्याक्सिनको ४ सय मिलियन डोज प्रदान गर्ने उद्देश्यले भएको हो । उक्त सम्भावित भ्याक्सिन बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु विकास गर्ने चरणमा रहेका छन् । यो भ्याक्सिनको प्रयोगात्मक चरण सेप्टेम्बरमा अन्त्य हुने आशा गरिएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्