दैनिक २० हजारको कोरोना परीक्षण हुने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् । नेपालमा हाल चारदेखि पाँच हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ भन्दै उनले सरकारले यसलाई बढाएर दैनिक २० देखि २२ हजारको सङ्ख्यामा परीक्षण गर्ने तयारी गरिरहेको बताए ।

राज्यमन्त्री रावतले नेपालमा कोरोना सङ्क्रमित बढ्नुमा विदेश तथा भारतबाट आएका नागरिक मुख्य कारण भएको बताए । सरकारले कर्णाली प्रदेशलाई कोरोना सङ्क्रमितबाट बचाउन ग्रिनजोनमा राख्न खोजिएको प्रयास पनि असफल भएको उल्लेख गरे । भारतमा भएका दाजुभाइ गाउँ आउँदा सङ्क्रमित भएर आएको भन्दै उनले गाडीमा पनि हुलमुल भएर सङ्क्रमित हुनुपरेको जानकारी दिए ।

उनले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन देशका विभिन्न २२ ठाउँमा पु¥याइसकेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्