कोरोना संक्रमणमा चीनको उहान भन्दा भारतको मुम्बई अगाडी

काठमाडौं – भारतको व्यापारिक नगर मुम्वइमा कोभिड–१९ संक्रमितको संख्या भाइरसको उद्‍गमस्थल चीनको उहान शहरमा भन्दा धेरै देखिएको छ ।

महाराष्ट्र राज्यको राजधानी समेत रहेको मुम्वइमा संक्रमितहरुको बढ्दो संख्याले निकै भयावह स्थिति बन्दै गएको छ । भारतभरी २ लाख ८७ हजार बढी संक्रमित रहेकोमा महाराष्ट्र र मुम्वइमा मात्रै एक लाख हाराहारीमा संक्रमण पुष्टी भइसकेको छ ।

चीनको हुवेइ प्रान्तको उहान सहितका शहरमा ६८ हजार १३५ मा संक्रमण भेटिएको छ भने ४ हजार ५१२ जनाको मृत्यु भएको छ । यसैगरी भारतको राजधानी नयाँ दिल्लीमा पनि संक्रमण बढ्दै गएको छ । यो महिनाको अन्त्य सम्ममा त्यहाँ मात्रै ५० लाख संक्रमित हुनसक्ने आँकलन अधिकारीहरुले गरेका छन् ।

संक्रमण तिब्र संख्यामा फैलदै गएपछि दुबै राज्य सरकारहरुले संक्रमितहरुलाई आ(आफ्नै घरमा स्व–आइशोलेसनमा बस्न सक्नेगरी नीति पारित गरेका छन् । केन्द्र सरकारले लकडाउन खुकुलो बनाउदै लगेपछि त्यहाँ संक्रमितको संख्या तिब्रतर रुपमा बढ्दै गएको हो ।

सरकारले लकडाउनका कारण रोजगारी गुमेपछि धेरै कामदारहरुको अवस्था नाजुक बन्दै गएको भन्दै यसैसाताबाट उद्योग कलकारखाना देखि सपिङ मल, रेष्टुरेन्ट लगायत खोल्न अनुमति दिएको थियो । यसैबीच विश्वभरी कोरोना संक्रमितको संख्या ७३ लाख ५० हजार नाघेको छ । मृतकको संख्या पनि४ लाख १५ हजार माथि छ । अमेरिकामा १ लाख १२ हजार बढीको मृत्यु भइसकेको छ भने बेलायतमा ४१ हजार बढीको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्