कुवेतबाट ३ सय नेपाली स्वदेश फर्किदै

काठमाडौँ – कुवेतमा अलपत्र परेका ३ सय नेपाली स्वदेश फर्कंने भएका छन् । बुधबार नै आउने भनिएपनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको उडान आज भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीका अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ । त्यस्तै पहिलो जहाज फर्केलगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । कुवेतको जजिरा एयरलायन्सको २ जहाजमार्फत ३ सय नेपाली नागरिक नेपाल आउन लागेका हुन् ।

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जसअनुसार पहिलो चरणमा ३ सय नेपाली फर्कन लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्