भारतमा कोरोना संक्रमणको दर बढ्दोः एकै दिन १२ हजार भन्दा बढी संक्रमित थपिए, ३८८ को मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमणको दर बढ्दो क्रममा छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा १२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यति ठूलो संख्या संक्रमित थपिएको यो पहिलो पटक हो । यस अगाडी दैनिक १० हजार भन्दा बढी संक्रमित थपिदै आएका थिए । यससँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३८८ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १०७ जना पुगेको छ । भने १ लाख ४१ हजार उपचारपछि निको भएका छन् । भारत एशियाकै प्रभावित मुलुक हो भने विश्वमा प्रभावित मुलुकहरुको सूचीमा छैटौँ नम्बरमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्