मदिरा सेवन गरि बाउ छोराले कुटे सडक डिभिजनका ईन्जिनियरलाई

हरिश चन्द
डडेल्धुरा – बाउ छोराले मदिरा सेवन गरि सडक डिभिजन कार्यालय डोटीमा कार्यरत ईन्जिनियर बिरेन्द्र चन्दमाथि बुधवार राति कुटपिट गरेका छन ।

सडक डिभिजन कुलपाले डोटीमा ड्राईभर पोष्टमा कार्यरत बाउछोराले मदिरा सेवन गरि राति १२ वजे क्वाटरमा गई ईन्जिनियर माथि आक्रमण गरेका हुन ।
गन्यापधुरा गाँउपालिको रुवाखोला हाल धनगढी वस्ने तेज बहादुर महता र खगेन्द्र महताले राति सरकारि क्वाटरमा आई आफुमाथि आक्रमण गरेको चन्दको भनाई रहेको छ । ‘रातिको समयमा मैले त्यसो नगर्नु भन्दा पनि मानेनन् मेरो ल्यापट पनि तोडफोड गरि दिए, सधै नसामा लिप्त ड्राईभरलाई त्यसो नर्गन भन्दा उल्टै ममाथि हातपात गरेको हो’ उनले भने । पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको घरको मान्छे हु भन्दै बढी मात्तिएर झन ममाथि हात उठाएको चन्दको भनाई छ ।

ईन्जिनियर चन्दले भने ‘म सडक डिभिनामा आउदा कार्यलय अस्त ब्यस्त भएकोले मैले केहि सिस्टममा ल्यानखाजे र ल्याएपनि यो सरकारि कार्यालयमा बसिबसि हाजिर लगाउने प्रणालिको अन्त्य गर्दा ड्राईभरलाई अलि असजिलो हुदा म माथि हातपत गरेका हुन ।’ मदिरा पिएका दुबै बाउ छोरालाई रातिनै पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय डोटीले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्