जापानमा बसेर नेपाली समाज सेवामा सक्रिय बन्दै रविन श्रेष्ठ, ३८ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरे

काठमाडौँ – जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठको आर्थिक सहयोगमा अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

गण्डकी गाउँपालिका–२ ताङलीचोकका अति विपन्न ३८ परिवारलाई खाद्यान्न वितरण गरिएको हो । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरि जिविका चलाउने वर्गका ३८ परिवारलाई १ बोरा चामल, नुन, तेल र दाल वितरण गरिएको हो । आर्थिक सहयोग गर्ने श्रेष्ठ जापानमा भएपनि जनप्रतिनिधिहरुकै छनोटमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा वडा नं. २ का अध्यक्ष देउ बहादुर गुरुङ, वडा सचिव, मकैसिङका समाजसेवी अर्जुन कुमार श्रेष्ठ लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको अध्यक्ष देउ बहादुर गुरुङले जानकारी दिए ।

रविन श्रेष्ठ जापानमा बसेर पनि नेपालमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएका छन् । उनी भन्छन्, ‘सहयोग गर्दैमा कोही गरिब हुदैन, अरुलाई दिएर सकिदैन, समस्यामा परेका मानिसलाई सहयोग गर्नु मानवीय धर्म हो ।’ श्रेष्ठले यस अघि गण्डकी गाउँपालिका–१ मकैसिंङमा राहत वितरण गरेका थिए भने काठमाडौँको तारकेश्वर नगरपालिकाका अति विपन्न परिवारहरुलाई पनि राहत वितरण गरेको थिए । उनले समय समयमा नेपालमा समस्या परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् 

सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ : रविन श्रेष्ठ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्