दार्चुलाका पहिलो कोरोना संक्रमित डिस्चार्ज भए

गणेशसिंह धामी
दार्चुला – दार्चुलाका पहिलो कोरोनाको संक्रमित निको भएर घर फर्किएका छन् । महाकाली नगरपालिका–६ का २१ वर्षीय युवक कोरोना जितेर घर फर्किएका हुन् । भारतबाट मजदुरी गरि फर्किएका ती युवकमा जेठ १५ गते कोरोना कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आइसोलेसन व्याडमा भर्ना गरिएका युवाको जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा अहिले एक जना कोरोना संक्रमितको उपचार भइरहेको छ । महाकाली नगरपालिका–८ का २४ वर्षीय पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्