कञ्चनपुरको भीमदत्त नगरले पीसीआर मेसिन खरिद गर्ने, आवश्यक प्रक्रिया थाल्न नगर प्रमुख विष्टको निर्देशन

कञ्चनपुर – भीमदत्त नगरपालिकाले कोरोना भाइरसको परीक्षणलाई व्यापक बनाउन पीसीआर मेसिन खरिद गर्ने भएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि नगरपालिकाले पीसीआर मेसिन खरिद गर्न लागेको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । आरडीटी परीक्षण गर्दा पोजेटीभ नतिजा आउने व्यक्तिहरुको संख्या दैनिक रुपमा बढीरहेको अवस्थामा पीसीआर जाँच गर्नका लागि भीमदत्त नगरपालकाले पीसीआर मेसिन खरिद गर्न आवश्यक पक्रियालाई तत्काल अगाडी बढाउन निर्देशन दिएको नगर प्रमुख विष्टले बताए । अब कानुनी प्रक्रिया पूरा गरि छिट्टै पीसीआर जाँच गर्ने मेसिन खरिद हुने नगर प्रमुख विष्टले आग्रह बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्