गोकुलेश्वर बजार क्षेत्र अनिश्चितकालका लागि बन्द, आरडीटी गरेर घर गएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह

गणशसिंह धामी
दार्चुला – शैल्यखिखर नगरपालिकामा कोरोना संक्रमित भेटिएपछि गोकुलेश्वर बजार क्षेत्र बन्द गर्न आह्वान गरिएको छ ।
मंगलबार नगर प्रमुख अमरसिंह धामीले एक सूचना जारी गर्दै गोकुलेश्वर बहुमुखी क्याम्पस र गोकुलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ८ जनामा कोरोना संक्रमण देखिएको ले गोकुलेश्वर बजार क्षेत्र अन्तरगतका सम्पूर्ण व्यवसायहरु, बैंक तथा वित्तीयसंस्थाहरु अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि बन्द गरिएको सबैमा जानकारी गरिन्छ, सूचनामा भनिएको छ । तर खाद्य, औषधी र निर्माण सामाग्रीका पसलहरु भने विहान ६ बजे देखि ९ बजे सम्म खुला हुने पनि सूचनामा उल्लेख छ ।

साथै नगरपालिकाले आरडीटी परीक्षण गरि क्वारेन्टाइनबाट घर गएकाहरुलाई होम क्वरोन्टाइनमा बस्न पनि आग्रह गरेको छ । क्वारेन्टाइनमा बसेकाहरु घर गएपछि गाउँमा त्रास फैलिएको छ भने कोरोनाको जोखिम पनि बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्