रुपन्देही हत्या काण्डः लास तन्नामा बेरिएको पाइयो, राति नै घटना भएको आशंका

रुपन्देही – तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् ।

रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन जना पनि सोही फर्मका कामदारहरू हुन । दुई जना भने स्थानीय हुन् ।
मृतकहरूमा एक महिला र चार पुरूष रहेका छन् । घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेको प्रहरीले बताएपनि उनीहरूको पूरा परिचय अझै खुलेको छैन । फर्म स्थानीय कृष्ण पुनको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राति हत्या गरेर सिञ्जालीले पाँचै जनाको शवलाई तन्नाले बेरेका थिए ।
सिञ्जालीले कोदालो प्रहार गरीे हत्या गरेको प्रहरीको अनुमान छ । घटनास्थलमा अहिले रुपन्देही प्रहरीका एसपी हेम थापाको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्