बाँकेका ६९ जना कोरोना जितेर घर फर्किए

बाँके – बाँकेका ६९ जना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् । हिजो मात्रै बाँकेको अति प्रभावित नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

नरैनापुर गाउँपालिकाका २० जना निको भएसँगै कोरोना पराजित गर्नेको सङ्ख्या बाँकेमा ६९ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । बाँकेमा हिजोसम्म सङ्ख्या २७१ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म संक्रमित मध्ये ४ सय ८८ जना निको भएर घर फर्एका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्