भारत–चीन सीमा विवादः दुवैदेशका सैन्य अधिकारीबीचको बैठक सम्पन्न, के भयो बैठकमा ?

काठमाडौँ – भारत र चीनबीच पूर्वी लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमाथि जारी विवाद सुल्झाउने उद्देश्यसहित शनिबार महत्त्वपूर्ण बैठक भएको छ । दुई देशका सैन्य अधिकारीहरुबीच यो बैठक लद्दाखको सीमा नजिक भएको हो ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार बैठक शनिबार बिहान करिब ११ बजे सुरु भएको थियो र लगातार तीन घण्टा छलफल चलेको थियो । भारतको तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहको नेतृत्वमा एक टोली सहभागी भएको थियो भने चीनको तर्फबाट मेजर जनरल लियु लिनको नेतृत्वमा एक टोली सहभागी भएको थियो ।

बैठकमा भएको छलफलबारे लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले अब सेना प्रमुख एमएम नरवणेसामु राख्नेछन् । हालसम्म सेनाको तर्फबाट यस बैठकमा भएको छलफलको बारेमा कुनै पनि जानकारी बाहिर आएको छैन ।

उता, अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियाले दुई देशका सैन्य अधिकारीबीच भएको बैठक सकारात्मक दिशामा अघि बढेको बताएको छ ।

स्रोतको हवाला दिँदै दुई पक्षबीचको बैठक सकारात्मक भएको र दुवै देश पूर्वी लद्दाखको सीमा दुवै तर्फको क्षेत्रमा पहिलेको जस्तै स्थिति कायम गर्न तयार भएको बताइएको छ । यसको अर्थ पैंगोंग झील, गोगरा हट स्प्रिङ्ग इलाका र गलवान घाटीका क्षेत्रबाट दुवै देशले आफ्नो भारी सैन्य बल र युद्धक हतियार हटाउन सक्नेछन् ।

स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्