लकडाउनको मोडालिटीलाई उच्चस्तरीय समितिले आज अन्तिम रुप दिने

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर (आज) आइतबार मन्त्रिपरिषदमा पठाउँदैछ ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो ।

यसवीचमा जेठ २२ गते पनि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौं लगायत विभिन्न सहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम सुरु भइसकेको छ । आइतबार पनि काठमाडौंमा लगायतका सहरमा अधिकांश पसलहरु खुलेका छन् । सडकमा सवारी साधन बाक्लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्