विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो, ६९ लाख ६७ हजार भन्दा धेरै संक्रमित, ३४ लाख भन्दा बढी निको भए

काठमाडौँ – विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा यो भाइरसबाट ४ लाख १ हजार ६२३ जनाको मृत्यु भएको छ । सबै भन्दा धेरैको मृत्यु अमेरिकामा भएको छ । यहाँ १ लाख १२ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । बेलायतमा ४० हजार भन्दा बढीको मृत्यु भएको छ । भने ब्राजिल, स्पेन, इटाली, फ्रान्समा धेरैको मृत्यु भएको छ ।

यो भाइसबाट विश्वभर संक्रमित हुनेको संख्या ६९ लाख ६७ हजार नाघेको छ । अमेरिाका मात्रै झण्डै २० लाख संक्रमित छन् । ब्राजिल र रुस अमेरिका पछि धेरै संक्रमित हुने देशहरुको सूचीमा छन् । विश्वभर ३४ लाख भन्दा बढी उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्