गोरखामा पहिलो पटक कोरोना देखियो, १० जना संक्रमित

गोरखा – गोरखामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । आइतबार एकै दिन गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए । उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्