भारतमा एकैदिन १० हजार भन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या २ लाख ४६ हजार पार, झण्डै ७ हजारको मृत्यु

काठमाडौँ – भारतमा एकैदिन १० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा १० हजार ४ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमित संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । भारतमा इटाली भन्दा कोरोना संक्रमितको संख्या धेरै छ । भारतमा यो भाइरसबाट मृत्यु हुनेको संख्या झण्डै ७ हजार पुगेको छ । १ लाख १८ हजार भन्दा भन्दा धेरै उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्