इटालीको भन्दा भारतमा कोरोना संक्रमितको संख्या धेरै, प्रभावित मुलुकको छैटौँ स्थानमा

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या इटालीको भन्दा धेरै भएको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार पुगेको छ । भने इटालीमा २ लाख ३४ हजार ५ सय ३१ मात्रै छ । भारतमा कोरोना संक्रमण नफैलिदै इटाली कोरोनाबाट निकै प्रभावित मुलुक भइसकेको थियो, तर पछिल्लो समय इटालीमा कोरोना नियन्त्रण भएको छ । भने भारतमा दिन प्रतिदिन कोरोनाको संख्या हजारौँले बढिरहेको छ । यद्दपी भारतमा मृत्यु हुनेको संख्या इटालीको भन्दा थोरै छ । भारतमा अहिलेसम्म ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ । यस्तै भारतमा उपचारपछि निको हुनेको संख्या १ लाख १४ हजार भन्दा बढी छ । भारत विश्वका प्रभावित मुलुकहरुको सूचीमा छैटौँ स्थानमा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्