आरडीटीले फेरी झुक्यायोः आरडीटी नेगेटिभ, मरेपछि पीसीआर पोजेटिभ, मृतकको संखया १२

सांकेतिक तस्बिर

काठमाडौँ – नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ ।
डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज–सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको २० गते निधन भयो । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्