काेरना नियन्त्रणमा अर्बाैँ खर्च गर्ने सरकारलाई सुदूरपश्चिम भारी भएकाे हाे ?

काठमाडाैँ –  विश्व महामारीको रूपमा फैलिएकाे काेभिड-१९ तथा काेरना भाइरसका कारण यतिबेला विश्व त्रसित भईरहेकाे छ । काेरनाकाे संक्रमण दिनप्रतिदिन नेपाल लगायत विश्वभरि बढिरहेकाे छ ।

कोरोना राेकथाम तथा नियन्त्रणका लागि बिश्वका विकसित देशहरू गृहकार्यमा जुटिरहेका छन भने नेपाल पनि आफ्नाे गृहकार्यमा जुटिरहेकाे छ । संक्रमण फैलिन नदिन लकडाउन जारी राखेकाे छ । यसै क्रममा सुदूरपश्चिमा स्वाब संकलन कार्य रोकिएको छ । यस निर्णयकाे चौतर्फी विराेध हुँदै आएकाे छ । परीक्षणकाे दायरा बढाउनुपर्ने सट्टामा स्वाब संकलन नै राेक्नु नै सरकारलाई सुदूरपश्चिम भारी भएकाे संज्ञा दिएका छन् । यो निर्णयको सामाजिक सञ्जालमा चाैतर्फी विरोध भइरहेको छ । स्वास्थ्य निर्देशननालयले प्रदेशका ९ वटै जिल्लमा ५ दिन सम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै स्वस्थ्य निर्देशक गुणराज अवस्थीले स्वाब संकलन नगर्न ९ वटै जिल्लालाई निर्देशन पठाएका हुन् ।

कोरोना परीक्षण गर्ने उपकरणको अभाव भएको भन्दै तत्काल ५ दिनसम्मको लागि स्वाब संकलन नगर्न परिपत्र गरिएको निर्देशक अवस्थीले बताए । ‘दैनिक २५० जनाको पीसीआर परीक्षण गर्न एउटै मेसिन छ अहिलेसम्म ११ सय बढीको परीक्षण गर्न बाँकी छ,’ उनले भने, ‘ती स्वाब धेरै दिन राख्दा खराब हुन सक्छ त्यसैले ५ दिन स्वाब संकलन नगर्न भनिएको हो ।’ हाल सम्म सुदूरपश्चिमको एक मात्र प्रयोगशालामा ४ हजर ९ सय ५४ जनाको स्वाब संकलन गरिएको मध्ये ३ हजार ८ सय ७१ जनाको मात्र रिपोर्ट आएको छ । अझै पनि १ हजार ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वस्थ्य निर्देशनालयले जनाएको छ। मैज्दात स्वाबको रिपोर्ट आउन करिब ४ दिन लाग्ने भएको हुँदा तबसम्म नयाँ स्वाब संकलन नगर्न भनिएको अवस्थीले बताए । तर सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या निरन्तरण बढिरहेको छ ।

शुक्रबार मात्रै डडेल्धुराको गन्यापधुरामा ५ जना र कैलालीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । भने देशभरिकै सबै भन्दा बढी क्वारेन्टाइनमा बसेका यसै प्रदेशका छन् । संक्रमण बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउनु पर्ने बेला स्वाब संकलन बन्द हुँदा सुदूरपश्चिममा संकट थप बढ्ने त होइन भन्ने चिन्ता थपिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्