नुवाकोटको ककनी गाउँपालिकाले लकडाउन खुकुलो पार्ने

नुवाकोट – ककनी गाउँपालिकाले लकडाउन खुकुलोपार्ने निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल सरकारले गरेको चैत ११ गते देखि लकडाउन गरेको छ । लकडाउनकै कारण व्यवसायी मारमा परेको भन्दै गाउँपालिकाले लकडाउन खुकुलो पार्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन् । उनले भनिन् ‘कोरोना संक्रमण देखिएपनि स्थानीय सरकारको सतर्कता र अथक मिहेनत पछि रोगको जोखिम कम भएको महसुश सहित लामो समयदेखि प्रभावित भएको व्यवसायी र नागरिकको दैनिकी सहज बनाउनको लागि बिहान ९ बजे सम्म र बेलुका ५ बजेपछि बजार खुला गर्ने र लकडाउन खुकुलो पार्ने निर्णय गरेका हौँ ।’ यस अघि ककनी गाउँपालिकामा एक जना कोरोना संक्रमित भेटिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्