जुम्लाको एक क्वारेन्टाइनमा बसेका ६५ वर्षीया व्यक्तिको मृत्यु

सांकेतिक तस्बिर

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका एक जना ६५ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।

प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए । यस विषयमा थप अनुसन्धान गर्न प्रहरी क्वारेन्टिनमा पुगिसकेको र कर्णाली प्रतिष्ठानको टोली स्वाब संकलनको लागि उक्त क्वारेन्टिनमा जाने तयारीमा रहेको प्रहरी नायव उपरीक्षक धामीले बताए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार मृतक दमको रोगी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्