शैक्षिक क्षेत्रमा धुस्कुनको उदाहरणीय कार्यको सुरुवात

सुशील सुवेदी
सिन्धुपाल्चोक – त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ धुस्कुन अवस्थित श्री धुस्कुन आधारभूत विद्यालयले जिल्लाकै शैक्षिक क्षेत्रमा उदाहरणीय कार्यको सुरुवात गरेको छ । यस गाउँपालिकालाई शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गर्ने पालिका भनेर पनि चिनिन्छ ।

कोभिड – १९ कोरोना भाइरसको कारण हाम्रो देशमा पनि सुरक्षित रहनको निमित्त सरकारले लकडाउन घोषणा गरेको सर्वदितनै छ । यो अवस्थामा शैक्षिक क्षेत्र अन्तर्गत सम्पुर्ण विद्यालयहरु बन्द भएता पनि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई मध्यनजर गर्दै समुदायमा गई श्री धुस्कुन आधारभूत विद्यालयका शिक्षक( शिक्षिकाहरुले विद्यार्थीको घर–घरमा गएर पाठ्यपुस्तक अध्यापन तथा गृहकार्य दिने गृहकार्यको लेखाजोखा गर्ने र कोभिड–१९ कोरोना भाइरसको बारेमा सचेतना गराउने किसिमको महत्त्वपूर्ण शिक्षा दिई आफ्नो सेवा क्षेत्रमा विद्यार्थीहरुलाई सचेत गराउने कार्य भइरहेको छ ।
विद्यार्थीहरुको मनोविज्ञान पढ्ने र अध्ययन गर्ने बानीको विकास गर्नको निमित्त सामाजिक दुरी कायम गरि स्थानीय शिक्षक–शिक्षिकाद्वारा आ–आफ्नो टोल बस्तीमा रहेको घुम्ती शिक्षण सिकाईको माध्यमबाट विद्यार्थीहरुसंग हातेमालो गर्दै आईरहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय परिवार तथा स्थानीय निकायका जनप्रतिनिधि एवं स्थानीय संस्था ग्रामीण महिला श्रीजनशील परिवारको वृहत छलफलबाट घुम्ती शिक्षण सिकाई कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय अनुसार काम भएको विद्यालय प्रधानध्यापक श्री दिनेश थामीले जानकारी दिय । हाल विद्यालय सेवा क्षेत्रमा अध्ययन गर्ने ४१ जना छात्र र ४५ जना छात्राहरु रहेका छन् । यस घुम्ती शिक्षण सिकाइ कार्यक्रममा ३ जना शिक्षक ६ जना शिक्षिका १ जना बाल सहजकर्ता १ जना विद्यालय सहयोगी गरि ११ जनाले आफ्नो विद्यालय सेवा क्षेत्र अन्तर्गत सहभागीता जनाएका छन् ।

यसको साथै विद्यालय व्यवस्थापन समितिको सदस्य, शिक्षक अभिभावक संघको सदस्य र जनप्रतिनिधिहरुको समन्वयमा यस किसिमको घुम्ती शिक्षण सिकाइ प्रभावकारी भएको छ । लगभग २ महिना १५ दिनदेखि बन्द भएको विद्यालयले विद्यार्थीको घरमानै गइ सामाजिक दुरी कायम गरि रिजल्ट उपलब्ध गराएको र नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक पनि विद्यार्थीको घर–घरमा वितरण गर्ने काम गरेको थियो। यसरीनै समुदायमा रहेको ईन्टरनेटको पहुँचबाट सुविधा नभएको ग्रामीण भेगको स्थानमा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुले घुम्ती शिक्षण सिकाईको माध्यमबाट पनि विद्यालय र विद्यार्थीहरुको लकडाउनले टाढा रहेकोे दुरी नजिक बनाउन सहयोग गरेको छ ।

विद्यार्थीहरुलाई यस्तो अवस्थामा खेलमा मात्र ध्यान होईन पढ्ने बानीको पनि विकास गर्न मदत गर्दछ । हाम्रो देश नेपालमा भएका सम्पुर्ण सामुदायिक विद्यालयहरुले यसरी घुम्ती शिक्षण सिकाइको माध्यमबाट विद्यार्थीहरुसंग हातेमालो गर्ने हो भने उनीहरूको भविष्य उज्ज्वल र शिक्षक–शिक्षिकाको लगनशीलता र उहाँहरुलाई हेर्ने नजर राम्रो र कदर अवस्य हुने थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्